एपीएफलाई हराउँदै मधेस फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०८० | १७:३५:२१
काठमाडौँ । मधेश प्रदेश पोखरामा जारी केपी ओली टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । विहिबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश फाइनलमा पुगेको हो । मधेश प्रदेशले दिएको १९८ रनको लक्ष्य पछाएको एपीएफले २० ओभरमा ९ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले २० ओभरमा ६ विकेट गुमाउदै १९७ रन बनाएको थियो । अब फाइनलमा मधेश प्रदेशको भिडन्त नेपाल आर्मीसँग हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार फाइनल खेल शुक्रबार हुने छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर १४, २०८० |
१७:३५:२१
3609