यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० | १५:५०:५९
काठमाडौं । यूएईमा सुरू भएको यू १९ एसिया कप अन्तरगत पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ आभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको हो । नेपालका लागि उत्तम रंगु थापा मगरले ५१ रनको अर्धशतक बनाए। दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउँदा अरु खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् ।
कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए भने राष्ट्रिय टिमका सशक्त खेलाडी गुल्सन झाले एक रन मात्र बनाउन सके। तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६, आकाश चन्दले ५ रन बनाउँदा सुवास भण्डारी ८ रनमा अविजित रहे ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०८० |
१५:५०:५९
3961