यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल सात विकेटले पराजित
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० | १७:३२:०७
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एकसय ५२ रन बनाएको थियो ।
नेपालका लागि उत्तम थापामगरले ५१ रनको अर्धसतक बनाए। दिपेश कँडेलले ३१ रन र ओपनर अर्जुन कुमालले २१ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले भने राम्राे गर्न सकेनन्।
प्रकाशित मिति : शुक्रबार, मंसिर २२, २०८० |
१७:३२:०७
3741