चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ : नम्रता श्रेष्ठ
प्रकाशित मिति: मंगलबार, पौष २४, २०८० | १८:११:१९
काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठले तीन महिनाको अन्तरालपछि सोमबार बेलुका तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् ।
फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उनले फोटो सेयर गरेकी छन् । ‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ नम्रताले लेखेकी छन् ।
उनले छनोट गरेको यो उद्धरणले यी अभिनेत्रीले पछिल्लो समय के सोचिरहेकी छिन् भन्ने दर्शाउँछ । नम्रताले पछिल्लोपटक १५ अक्टोबरमा दशैं घटस्थापनाको शुभकामना पोस्ट गरेकी थिइन् । अन्तरालपछिको पोस्टमा फ्यानले प्रतिक्रिया जनाएका छन् ।
प्रकाशित मिति : मंगलबार, पौष २४, २०८० |
१८:११:१९
3367