६० किलो गाँजासहित दुईजना पक्राउ
प्रकाशित मिति: शुक्रबार, पौष २७, २०८० | १८:१७:५६
उदयपुर । उदयपुरमा गाँजासहित दुईजना पक्राउ परेका छन् । कटारी नगरपालिका–७, देउलीकुनाबाट ६० किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–२ बस्ने ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रीस्कु कटारीबाट खटिएको प्रहरीले तीनवटा बोरामा उक्त परिमाणको गाँजा बोकी लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, पौष २७, २०८० |
१८:१७:५६
2597