‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत, २० करोड पटक हेरियो
प्रकाशित मिति: शनिबार, पौष २८, २०८० | १३:०१:०६
काठमाडौँ । फिल्म ‘२ रुपियाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ । गीतले २० करोड भ्यूज प्राप्त गरेपछि संगीतकार शिवाकोटीले यो उपलब्धिको खुशि बाँडेका छन् । उनले फेसबुकमा गीतको शब्द लेखिएको चिर्कटो पनि सेयर गरेका छन् ।
‘नेपाली मौलिक गीत संगीतले संसारभरिका गीत संगीतप्रेमीको मन जित्न सकोस्’ उनले लेखेका छन् । यो गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् । सन् २०१७ को मे २८ मा यो गीत युट्युवमा रिलिज भएको हो ।
प्रकाशित मिति : शनिबार, पौष २८, २०८० |
१३:०१:०६
4005