करिब ३ लाखको धनमाल चोरी
प्रकाशित मिति: मंगलबार, माघ ०२, २०८० | १७:४८:१७
काठमाडौँ । काठमाडौँको कलंकीबाट करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ५२ वर्षीया रेनुका पहिजुको भाँडा पसलबाट भाँडावर्तन चोरी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पसलबाट २ लाख ७३ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्न आरोपी फरार छन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : मंगलबार, माघ ०२, २०८० |
१७:४८:१७
2993