बंगलादेशविरुद्ध नेपालले गुमायो तेस्रो विकेट
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० | १५:०४:३०
काठमाडौं । आईसीसी यू–१९ विश्वकप सुपर सिक्स अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको छ । नेपालले पावर प्लेमा गुमाएका तिनै ब्याटर क्याच आउट भएका हुन् । ओपनर अर्जुन कुमाल १४ रन बनाउँदा क्याच आउट भए । त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा आकाश त्रिपाठीलाई गुमाएको थियो ।
त्यसअघि १२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मारुफ मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए ।ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १० ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेको छ ।
प्रकाशित मिति : बुधबार, माघ १७, २०८० |
१५:०४:३०
5171



















