यू–१९ विश्वकप : भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८० | १८:२६:२३
काठमाडौं, १९ माघ । भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको हो । भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए ।
त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए । त्यसैगरी नेपालका बलर गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले एक विकेट लिएका थिए ।
प्रकाशित मिति : शुक्रबार, माघ १९, २०८० |
१८:२६:२३
2927