क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० | १३:३०:२४
काठमाडाैं । क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए । निखिल दत्ता ४५ रनमा रन आउट भए। ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के ।
यस्तै हर्ष ठाकरले २९, श्रेयस मोभ्भाले २५, श्रीमन्था विजयरथेले २२, ओपनर आरोन जोनसनले ४, डिलोन हेलिगेरले ४ र निकोलस किर्तनले ३ रनको योगदान गरे । यस्तै कप्तान सद विन जफर ३१ र शाहिद अमदजाइ ५ रनमा अविजित रहे । नेपालका हेमन्त धामीले ३ विकेट लिए। कुशल मल्लले २ विकेट लिए। ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे । नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ ।
प्रकाशित मिति : सोमबार, माघ २९, २०८० |
१३:३०:२४
4731





















