फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०४, २०८० | १०:५२:४०
काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ । यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११: १५ बजेदेखि शुरु हुदै छ । नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबारनै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै आजै अर्को सेमिफाइनलमा थाइल्याण्ड र युएई भिड्दै छन् । यो खेल भने नेपाली समय अनुसार बिहान ७ः१५ बजे हुदैछ । सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनौट हुने छन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०४, २०८० |
१०:५२:४०
2509