मलेसियालाई नेपालले दियो ११६ रनको लक्ष्य
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०४, २०८० | १३:०३:२१
काठमाडौं । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियासामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङमा गएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै सय १५ रन बनाएको हो । नेपालका लागि कप्तान इन्दु बर्माले २९ रन बनाइन्। डली भट्टले २५ रन जाेडिन् ।
यस्तै ओपनर कविता कुँवरले २३ रनको योगदान दिइन् । रुविना क्षेत्रीले २० रन बनाइन्। कविता जोशी २ रनमै आउट भइन् । मलेसियाका लागि माहिरन इज्जतीले २ विकेट लिइन्। यस्तै विनिप्रलेड डुराइसिंघमले १ विकेट झारिन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०४, २०८० |
१३:०३:२१
2905