नेदरल्याण्ड्स १३७ रनमा अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट
प्रकाशित मिति: शनिबार, फाल्गुण ०५, २०८० | १२:५७:४८
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्डले नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो । नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न कुशल भुर्तेल एक्लै्ले ४ विकेट लिए ।
ललित राजवंशीले २ विकेट झारे। यस्तै सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले समान १/१ विकेट लिए। नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए । यस्तै साइब्रान्ड एंगलब्रेक्टले २३, म्याक्स ओ’डाउडले १०, बास डे लिडले २७, नोआह क्रोसले १२ रनकाे याेगदान गरे ।
प्रकाशित मिति : शनिबार, फाल्गुण ०५, २०८० |
१२:५७:४८
2179