नेपाल ‘ए’ टीमले क्यानडालाई दियो २१७ रनको लक्ष्य
प्रकाशित मिति: आइतबार, फाल्गुण ०६, २०८० | १२:५७:५४
काठमाडौँ । नेपाल ए क्रिकेट टिमले क्यानडा- ११ लाई २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिंग गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको हो । नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए ।
त्यस्तै क्यानडा- ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहिले २ विकेट लिएका थिए ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०६, २०८० |
१२:५७:५४
2817