अभिनेत्री रेखा थापा आमा बनिन्
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ११, २०८० | १९:२३:२२
काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छन्। उनले शुक्रबार अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् । आफू आमा बनेको खबर अभिनेत्री रेखाले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ ।’ रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ११, २०८० |
१९:२३:२२
2927