नेदरल्यान्ड्सले नेपाललाई दियाे १८५ रनको लक्ष्य
प्रकाशित मिति: बुधबार, फाल्गुण १६, २०८० | १३:५२:१३
काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो । नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन् ।
त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १६, २०८० |
१३:५२:१३
1959