शर्मिला वाइबा थप ४ दिन हिरासतमै रहने
प्रकाशित मिति: बिहिबार, फाल्गुण १७, २०८० | १६:४८:०१
काठमाडौं । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी कथित अभियन्ता शर्मिला वाइबालाई ४ दिन म्याद थप गरिएको छ ।जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । घरायसी विवादमा युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले शर्मिलाविरुद्ध जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर ल्याएको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १७, २०८० |
१६:४८:०१
2465