नेदरल्यान्ड्स १२० रनमै अलआउट
प्रकाशित मिति: शनिबार, फाल्गुण १९, २०८० | १३:३३:०२
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालसँगको खेलमा नेदरल्यान्ड्स १२० रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.३ ओभरमा १२० रन बनाएर अलआउट भएकाे हाे । नेदरल्यान्डलाई सस्तैमा समेट्न नेपालका प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिए । यस्तै करण केसी र कुशल मल्ले २–२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेदरल्यान्डका म्याक्स ओ डाउडले ३१ रन बनाए ।
यस्तै टिम भान डर गुग्टेन २४, स्कट एडवाड्र्स १८, तेजा निदामानुरु ५, नोआ क्रोस ३, माइकल लेभिट ४, भिभिएन किंग्मा ४, काइल क्लाइन १, आर्यन दत्त र साइब्रान्ड एंगलब्रेक्ट शुन्य रनमा आउट भए । रोलफ भान डर मव २३ रनमा अविजित रहे ।
प्रकाशित मिति : शनिबार, फाल्गुण १९, २०८० |
१३:३३:०२
3543