बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट
प्रकाशित मिति: शनिबार, फाल्गुण १९, २०८० | १८:५९:५६
काठमाडौं । बाजुराको एक नगरपालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ। शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिताकुमारी सुर्यबंसीबिच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ।
झगडामा कबिताकुमारी सुर्यबंसी घाइते भएर अस्पतालमा अस्पतालमा उपचाररत रहेकी जनाइएको छ । बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले आफु सो बारे अनविज्ञ रहेका बताएका छन् ।
प्रकाशित मिति : शनिबार, फाल्गुण १९, २०८० |
१८:५९:५६
3169