वर्षाका कारण रोकियो नेपाल र हङकङबीचको खेल
प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०८० | १२:२१:२७
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेल वर्षाका कारण रोकिएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो ।
हङकङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले पहिलो ओभरको पहिलो बलमै हङकङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई गुलसन झाको हातबाट क्याच गराए । शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल हङकङसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २७, २०८० |
१२:२१:२७
2201