महोत्तरीका तत्कालीन वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
प्रकाशित मिति: आइतबार, चैत्र ०४, २०८० | १६:२०:२८
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आइतबार आयोगले २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैंयाँबराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पु¥याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ विगो माग दावी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०४, २०८० |
१६:२०:२८
2157