नेपाल र भारतीय बरोडा क्लवबीचको खेल आज
प्रकाशित मिति: मंगलबार, चैत्र २०, २०८० | ९:५४:२४
काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिष्पर्धा गर्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ । पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिनेछ ।
सोमबार भएको खेलमा बरोडा गुजरातसँग ५ विकेटले पराजित भएको थियो। आज बरोडा नेपाललाई पराजित गर्ने दाउका साथ मैदान उत्रिनेछ । एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, चैत्र २०, २०८० |
९:५४:२४
2509