मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य
प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०८० | १७:५९:१९
काठमाडौं । मलेसियाले एसीसी प्रिमियर कपमा नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको हो । मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।
नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ३०, २०८० |
१७:५९:१९
2465