नेपालले युएईलाई दियो १२० रनको लक्ष्य
प्रकाशित मिति: शुक्रबार, बैशाख ०७, २०८१ | १४:०२:०५
काठमाडौँ । नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले सर्बाधिक ५० रन बनाए । यस्तै गुलशन झाले २०, करण केसीले १७ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो बलमा नै कुशल भुर्तेलको विकेट गुमाएर दवाबमा आएका नेपाली ब्याट्सम्यान अन्त्य सम्मनै दवाबमा देखिएका थिए । युएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले नेपालकाे २-२ विकेट लिए । यस्तै ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०७, २०८१ |
१४:०२:०५
1937