काठमाडौँमा डेढ करोड नगद र सुनसहित ७ जना पक्राउ
प्रकाशित मिति: शुक्रबार, बैशाख १४, २०८१ | १२:१९:०७
काठमाडौँ । काठमाडौँमा प्रहरीले डेढ करोड नगद र सुनसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको प्रारम्भिक जानकारीअनुसार उक्त नगद र सुन लिएर भारत जान लागेका बेला उनीहरूलाई पक्राउ गरिएको हो ।
घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १४, २०८१ |
१२:१९:०७
1431