वेस्ट इन्डिजविरूद्ध नेपालका दुवै ओपनर आउट
प्रकाशित मिति: बिहिबार, बैशाख २०, २०८१ | १४:४२:०६
काठमाडौं । वेस्ट इन्डिजविरूद्ध जितका लागि २१० रनको लक्ष्य पछ्याएको नेपालले दुवै ओपनर गुमाएको छ । त्रिवि मैदान कीर्तिपुरमा पहिलो ओभरको दोस्रो बलमा नेपालले पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो । उनी म्याथ्यु फोर्डीको बलमा बोल्ड भएका हुन् ।
४.१ ओभरमा अर्का ओपनर कुशल भूर्तेल आउट भए। ५ बल खेलेका भूर्तेल १ रन बनाएर आउट भएका हुन् । भूर्तेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०८१ |
१४:४२:०६
3345