कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
प्रकाशित मिति: बिहिबार, जेठ १७, २०८१ | १७:३४:५३
चितवन , १७ जेठ । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ फुलपुरवा बस्ने ४० वर्षीया महिलका तेली, ५० वर्षीय नन्कु लोनिया र ५० वर्षीय रतिराम कोरी रहेका छन् । जानकी गाउँपालिका-२ फुलपुरवामा सोही ठाउँ बस्ने ५५ वर्षीय प्रेमलाल कुर्मी गत वैशाख २७ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर कर्तव्य ज्यान कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, जेठ १७, २०८१ |
१७:३४:५३
2201