महिला एसिया कप : यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
प्रकाशित मिति: शुक्रबार, साउन ०४, २०८१ | १४:४९:५६
चितवन, ०४ साउन । श्रीलंकामा सुरू भएको नवौं संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको उद्घाटन खेलमा यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । खेल नेपाली समयअनुसार २:१५ बजे सुरु हुनेछ ।
नेपालको प्लेइङ-११
इन्दु बर्मा (कप्तान), काजोल श्रेष्ठ, रुबिना क्षेत्री, सीता राणा मगर, बिन्दु रावल, कविता कुँवर, सबनम राई, कृतिका मरासिनी, पुजा महतो, कविता जोशी र सम्झना खड्का ।
प्रकाशित मिति : शुक्रबार, साउन ०४, २०८१ |
१४:४९:५६
2553