२० हजार अमेरिकी डलरसहित एक जना पक्राउ
प्रकाशित मिति: मंगलबार, साउन ०८, २०८१ | १४:११:३२
चितवन, ०८ साउन । अमेरिकी डलरसहित प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको छ । रसुवाकाे गोसाईकुण्ड गापा २ स्थित रसुवागढी नाकामा सशस्त्र प्रहरी बल बिओपि टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएकाे नेपाल प्रहरी र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले चीनतर्फ जाँदै गरेका नुर्पु तामाङलाई चेकजाँच गर्ने क्रममा २०,००० अमेरिकी डलरसहित पक्राउ गरेको हाे । पक्राउ परेका तामाङलाई ईप्रका टिमुरे लगिएकाे छ ।
प्रकाशित मिति : मंगलबार, साउन ०८, २०८१ |
१४:११:३२
1739