सिरहामा हत्या गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति: बुधबार, साउन ०९, २०८१ | १८:३०:३२
चितवन, ०९ साउन । सिरहाको धनगढीमाई नगरपालिका-६ बस्ने १९ वर्षीय राजकुमार सदाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जोगिन सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जोगिनले विवादको क्रममा बियरको बोतल र लठ्ठी प्रहार गर्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ०९, २०८१ |
१८:३०:३२
1849