बाँकेमा दुई युवालाई खुकुरी हानेकाे आराेपमा वडाध्यक्ष पक्राउ
प्रकाशित मिति: आइतबार, भाद्र ०२, २०८१ | १३:०६:५२
चितवन, ०२ भाद्र । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा वलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार वडाध्यक्ष वलीसहितका युवाहरूले राती दुई युवालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएकाहरूलाई उपचारका लागि भारत पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ०२, २०८१ |
१३:०६:५२
2487