मण्डलाले नाटक ‘ढुकुढुकी ७२ मेगाहर्ज’ मञ्चन गर्ने
प्रकाशित मिति: बुधबार, आश्विन ०९, २०८१ | १७:०८:३३
चितवन, ०९ असोज । मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको एक ‘ढुकढुकी ७२ मेगाहर्ज’मा कार्म र मेनुका प्रधानलाई देख्न पाइनेछ । केदार श्रेष्ठको परिकल्पना, लेखन तथा निर्देशन रहने नाटकको पूर्वतयारी बुधबार बेलुकादेखि मण्डलामा सुरु हुँदैछ । कथानक फिल्म ‘महानगर’पछि कार्म र मेनुकाले नाटकमा सहकार्य गर्न लागेका हुन् ।
दुईजना मात्र कलाकारलाई लिएर तयार पार्न लागिएको यो नाटकको मञ्चन तिहारलगत्तै गर्ने तयारी छ । श्रीमान–श्रीमतीबीचको सम्बन्ध र सन्तानसँगको जटिलताको कथावस्तुमा नाटक बन्न लागेको हो ।
प्रकाशित मिति : बुधबार, आश्विन ०९, २०८१ |
१७:०८:३३
727