स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
प्रकाशित मिति: बुधबार, आश्विन १६, २०८१ | १६:३३:०२
चितवन, १६ असोज । महोत्तरीको मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको हो । उक्त नगद सहित पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन १६, २०८१ |
१६:३३:०२
1585