रवि लामिछानेलाई भोलि अदालतमा उपस्थित गराइने
प्रकाशित मिति: शनिबार, कार्तिक ०३, २०८१ | १७:११:५५
चितवन, ०३ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिलाई रवि लामिछानेलाई भोलि (आइतबार) अदालतमा उपस्थित गराइने भएको छ । आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरी पोखरा लगिएको हो ।
प्रकाशित मिति : शनिबार, कार्तिक ०३, २०८१ |
१७:११:५५
551