मोरङमा १० लाख नगदसहित जुवाडे पक्राउ
प्रकाशित मिति: शनिबार, कार्तिक १७, २०८१ | ११:४०:१६
चितवन, १७ कार्तिक । मोरङमा १० जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार राति विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसबाट १० जना जुवाडे पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार स्थानीय ६१ वर्षीय राजन कँडेलसहित १० जना पक्राउ परेका छन् ।
उनीहरुबाट दश लाख, ६ हजार ९ सय पन्चानब्बे र पाँच बुक तास समेत बरामद गरिएको उनले बताएका छन् । पार्टी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०८१ |
११:४०:१६
991