कुवेतविरुद्ध कप्तान पूजा महतोको शतक
प्रकाशित मिति: मंगलबार, कार्तिक २७, २०८१ | १३:१८:२३
चितवन, २७ कार्तिक । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालकी कप्तानले शतक हानेकी छन् । छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले शतक हानेकी हुन् । उनले ५७ बलमा १२ चौका मद्दतमा १०० रन पूरा गरिन् ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २७, २०८१ |
१३:१८:२३
1321