भारतीय अभिनेता रावतको नेपाली चलचित्रमा काम गर्ने चाहना
प्रकाशित मिति: बुधबार, मंसिर ०५, २०८१ | १३:३६:०८
चितवन, ०५ मंसिर । चलचित्र ‘ह्रस्व दीर्घ’ हेर्न नेपाल आएका बलिउड अभिनेता प्रदीप सिंह रावत दर्शकसँग हलमा पुगेर साक्षात्कार गरिरहेका छन् । सिनेमाको प्रक्रिया लिइरहेका छन् ।
उनले नेपाली चलचित्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको उनले बताए ।
उनले पारिवारिक सिनेमा भएकाले ‘ह्रस्व दीर्घ’ हेर्न सपरिवार आउन पनि आग्रह गरेका छन् । विग मुभिज पुगेर दर्शकको प्रतिक्रिया बुझ्दै उनले आफू पनि पहाडी भएको बताए । त्यही भएर नेपालीसँग आफ्नो अनुहार मिल्ने बताए ।
उनी आज नेपालगन्ज पुगेर त्यहाँका दर्शकसँग सिनेमाको प्रतिक्रिया बुझ्नेछन् । त्यतैबाट उनी आजै स्वदेश फर्किनेछन् । रावत श्रीमती कल्याणीसहित शनिबार नेपाल आएका थिए ।
प्रकाशित मिति : बुधबार, मंसिर ०५, २०८१ |
१३:३६:०८
771