मेरो बिहेको खबरले आफैं चकित छु : पल शाह
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ | १४:५७:०२
चितवन, २१ मंसिर । नायक पल शाह बिवाह बन्धनमा बाधिँदै गरेको भन्दै यतिबेला सामाजिक सञ्जालमा खबरहरु आइरहेका छन् । यस्तो खबर सार्वजनिक भएपछि पललाई बधाईको ओइरो आउन थालेको छ ।
विवाहको हल्ला फैलिएपछि पलले प्रष्टीकरण दिएका छन् । उनले आफ्नो विवाहको खबरले आफैं चकित परेको बताएका छन् ।
पल फेसबुकमा लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु । साथीभाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’
प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०८१ |
१४:५७:०२
1101