पेस्तोलसहित एक युवक पक्राउ
प्रकाशित मिति: आइतबार, पौष १४, २०८१ | १४:४७:५६
चितवन, १४ पौष । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार कोटेश्वरमा रहेको होटल ब्लिसपुलबाट ३३ वर्षी सनराइज खड्का पेस्तोलसहित पक्राउ परेका हुन् । उनी नरेफाँटमा बस्दै आएका छन् ।
उनको साथबाट एकथान पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको छ । उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रभाग कोटेश्वरको टोलीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन् ।
प्रकाशित मिति : आइतबार, पौष १४, २०८१ |
१४:४७:५६
639