रूकुम पूर्वबाट भरूवा बन्दुक बरामद
प्रकाशित मिति: मंगलबार, पौष १६, २०८१ | १९:२९:४९
चितवन , १६ पुष । पुथा उत्तरगंगा गाउँपालिका-१३ विरगुङस्थित लाम्चे वनको ओढारबाट भरूवा बन्दुक १ थान फेला पारी मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तकसेराबाट खटिएको गस्ती टोलीले वनको ओढारमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : मंगलबार, पौष १६, २०८१ |
१९:२९:४९
551