सिन्धुलीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ
प्रकाशित मिति: आइतबार, पौष २१, २०८१ | १३:५५:५३
चितवन, २१ पौष । सिन्धुलीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ स्थित चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की छन् । सार्कीलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घरायसी विवादको क्रममा बुवा डोमान सिंहले गल प्रहार गर्दा ४९ वर्षीय छोरा लिलाबहादुर पुर्कोटी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका लिलाबहादुरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, पौष २१, २०८१ |
१३:५५:५३
1013