ठमेलबाट चिनियाँ नागरिकको अपहरण
प्रकाशित मिति: बुधबार, माघ ०२, २०८१ | ११:४५:५९
चितवन, ०२ माघ । काठमाडौँको ठमेलबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । अपहरणमा संलग्न आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ । ठमेलबाट भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।
मंगलबार अपहरणको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली पीडितको उद्धारमा खटिएको थियो । तर, भारतीय नम्बरको गाडी नियन्त्रणमा लिए पनि चिनियाँ नागरिक फेला परेका छैनन् । उनी भिमफेदीको जङ्गलतर्फ भागेका छन् । मकवानपुर प्रहरी र अपराध अनुसन्धान कार्यालयको टोलीले थप अपहरणकारी र पीडितको खोजी गरिरहेका छन् ।
प्रकाशित मिति : बुधबार, माघ ०२, २०८१ |
११:४५:५९
617