गायिका मेलिना राईले गरिन् बिहे
प्रकाशित मिति: शुक्रबार, माघ ०४, २०८१ | १८:४०:४५
चितवन , ०४ माघ । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । मेलिनाले प्रेमी ध्रुव गुरुङसँग शुक्रबार लगनगाँठो कसेकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।
काठमाडौंको गोकणेश्वरस्थित हिमाली घर रिसोर्टमा उनीहरूको विवाह समारोह आयोजना गरिएको थियो । मेलिना र ध्रुवले बुधबार मात्रै इन्गेजमेन्ट गरेका थिए ।
ध्रुवको घर इलाममा रहेको र उनी बेलायती सेनामा कार्यरत गोर्खा सैनिक रहेको जनाइएको छ ।
मेलिनाले गाएका दर्जनौं गीत सुपरहिट छन् ।
प्रकाशित मिति : शुक्रबार, माघ ०४, २०८१ |
१८:४०:४५
595