किशोरी बलात्कार आरोपमा ५२ वर्षीय व्यक्ति पक्राउ
प्रकाशित मिति: आइतबार, माघ ०६, २०८१ | १५:३८:१०
चितवन, ०६ माघ । झापामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार हिजोसाँझ ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६, थुम्वेदिनका ५२ वर्षीय कुमार राईलाई पक्राउ गरेको हो ।
१६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । झापाको हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फार्मको कोठाभित्र किशोरीको बलात्कार गरिएको उजुरीपछि प्रहरी टोली खटिएको थियो । प्रहरीचौकी हल्दिबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : आइतबार, माघ ०६, २०८१ |
१५:३८:१०
727