६ जना जुवाडे पक्राउ
प्रकाशित मिति: आइतबार, माघ १४, २०८१ | १८:०८:३२
चितवन, १३ माघ । दाङमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपलिका–८, नयाँबस्तीका झुपराज घर्तीमगरसहितका व्यक्तिहरू छन् ।
झुपराजको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ५३ हजार ९८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ १४, २०८१ |
१८:०८:३२
617