एक किलो चरेशसहित महिला पक्राउ
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८१ | १७:४०:२९
चितवन, १५ माघ । कपिलवस्तु प्रहरीले एक किलो भन्दा बढी लागु औषध चरेससहित एक जना महिलालाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश महादेव हिन्दुनगर पोष्ट देवरिया मुवारकपुर धरम नगर बलरामपुरकी ३० वर्षीया सरस्वती विकलाई पक्राउ गरेको हो । उनीबाट प्रहरीले एक किलो २५ ग्राम चरेस बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका–३ मा खटिएको प्रहरी टोलीले सीमा नाकामा पैदल हिँडिरहेकी विकलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
पैदल सीमा नाका पार गर्न खोजेकी उनको झोलाबाट लागुऔषध बरामद गरेको हो ।
प्रकाशित मिति : मंगलबार, माघ १६, २०८१ |
१७:४०:२९
1101