त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
प्रकाशित मिति: आइतबार, माघ २१, २०८१ | ११:५६:५२
चितवन, २० माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।
त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्याण्डबीच खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
प्रकाशित मिति : आइतबार, माघ २१, २०८१ |
११:५६:५२
3609






















