कुटपिटबाट एकजनाको मृत्यु
प्रकाशित मिति: आइतबार, माघ २१, २०८१ | १२:०३:१५
चितवन, २० माघ । झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको हो ।
सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २१, २०८१ |
१२:०३:१५
661