हुन्डीको १६ लाखबढी नगदसहित २ जना पक्राउ
प्रकाशित मिति: आइतबार, माघ २१, २०८१ | १२:०६:५५
चितवन, २० माघ । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डीको १६ लाख बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीकका अनुसार राजपुर नगरपालिका ४ का वर्ष ४० का शिव मङ्गल साह र वर्ष २३ का प्रवेज आलमलाई पक्राउ गरेको हो ।
भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिका ४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित उनीहरू पक्राउ परेका हुन् ।
बरामद नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २१, २०८१ |
१२:०६:५५
903