६०० किलो गाँजासहित एक युवक पक्राउ
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८१ | २०:५१:४६
चितवन, २५ माघ । लागुऔषध गाँजा करिब ६०० किलोसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मा छन् ।
महोत्तरीको भंगाहा नगरपालिका–६, मजरास्थित सडकबाट उक्त परिमाणको गाँजासहित बिहीबार राति (माघ २४) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रक चलाएर उनी महोत्तरीकै बर्दिबासबाट जलेश्वरतर्फ जाँदै थिए । ट्रकमा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ २६, २०८१ |
२०:५१:४६
925